डलरको भाउ फेरि बढ्यो


 


 


काठमाडौं, चैत १८
अमेरिकी डलरको भाउ आजपनि बढेको छ।
एक सातादेखि घट्दोक्रममा रहेको डलरको भाउ सोमबारदेखि बढ्नफेरि बढ्न थालेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ६८ पैसा र बिक्रीदर १२१ रुपैयाँ २८ पैसा निर्धारण गरेको छ ।

सोमबार एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ५६ पैसा र बिक्रीदर १२० रुपैयाँ १६ पैसा थियो ।

कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा लगानीकर्ता फेरि अमेरिकी डलर सञ्चय गर्नतर्फ आकर्षित भएका हुन् । यसबाहेक अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम र सेयर बजार घट्दो प्रवृत्तिमा रहेका छन् ।

प्रकाशित मिति: १८ चैत्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्