१७ वर्षमै लागुऔषधको दलदलमा थिइन् कंगना


 


मुम्बई, चैत १९

बलिउड अभिनेत्री कंगना रनौतले कोरोना भाइरसको संक्रमणबाट बच्न लकडाउनमा बसिरहेका विश्वभरीका आफ्ना प्रशंसकहरुलाई लक्षित गर्दै एउटा भिडियो सार्वजनिक गरेकी छन् ।

उनले हरेक मानिसको जिवनमा नराम्रो समय आउने र त्यसलाई सामना गर्दै अगाडि बढेमा मात्रै सफल भइने सन्देश दिएकी छन् ।

उनले भिडियो सन्देशमार्फत लकडाउनको सयममा चिन्तित नहुन र डिप्रेशनजस्ता विरामीको शिकार नहुन सुझाव दिएकी छन् । उनले यो सयम जिवनको मुश्किल घडी भएको र यसलाई सकारात्मक रुपमा लिन आग्रह समेत गरेकी छन् । उनले मुश्मिल समयले धेरै कुरा सिकाउने बताएकी छन् ।

यसै सिलसिलामा कंगनाले आफूले जिवनमा निकै मुश्किल समय पार गरेको बताउँदै भनेकी छन्, ‘डेढ÷दुई वर्ष म स्टार थिएँ र एक लागूऔषध दुव्यसनी थिएँ । म यस्ता मानिसहरुको संगतमा फसेको थिएँ कि मलाई त्यसबाट बाहिर केवल मृत्युले मात्र ल्याउँन सक्थ्यो । यो सबै म १७ वर्षको हुँदा नै मेरो जिवनमा घटेको घटना थियो ।’

उनले यस्तो मुश्किल समयमा ध्यान, योग र साधना आदि गर्नुपर्ने जानकारी दिएकी छन् । जसबाट हरेक मुश्किल समयबाट बाहिर आउन सक्ने बताएकी छन् ।

प्रकाशित मिति: १९ चैत्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्