कर्मचारी सञ्चय कोषको अध्यक्षमा पुडासैनी


 


काठमाडौं, चैत्र १९
कर्मचारी सञ्चय कोषको अध्यक्षमा रामशरण पुडासैनी चयन भएका छन् । चैत ९ गतेको मन्त्रिपरिषद् बैठकले उनलाई कोषको अध्यक्षको रुपमा नियुक्त गरेकाेले बुधबार अर्थ मन्त्रालयका राजश्व सचिव पुडासैनीले अर्थमन्त्री युवराज खतिवडाबाट कोषको अध्यक्षको रुपमा पद तथा गोपनियताको शपथ लिएका हुन् ।

यसअघि कायम मुकायम सचिव रहेका पुडासैनीलाई सोही बैठकले सचिवमा बढुवा गर्न निर्णय समेत गरेको थियो । सोसँगै उनलाई कोषको अध्यक्षको जिम्मेवारी दिइएको हो ।

कोषको अध्यक्षमा सरकारले तोकेको कुनै एकजना व्यक्ति हुनसक्ने प्रवाधान रहेको भएपनि यसमा बहालबाला सचिवलाई नै त्यससको जिम्मेवारी दिने गरिएको छ । यसअघि राजश्वसचिव रहँदा शिशिरकुमार ढुंगाना सो पदमा थिए । अहिले उनी अर्थसचिवको रुपमा सरुवा भइसकेका छन् ।

ढुंगाना प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा हुँदा समेत उनी नै कोषको अध्यक्षको जिम्मेवारीमा थिए । उनी पछि फेरि राजश्वसतिव बनेर अर्थ मन्त्रालयमा फर्किए । अर्थसचिव राजन खनालको अवकाशपछि भने उनलाई अर्थसचिवको जिम्मेवारी दिइएको थियो । नयाँ राजश्व सचिव आएसँगै उनलाई जिम्मेवारी दिन ढुंगानाले यसअघि कोषको अध्यक्षबाट राजीनामा दिएका थिए ।

प्रकाशित मिति: १९ चैत्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्