कोरोनाले हलिउड अभिनेता एन्ड्र्युलाई पनि लियो


 



एजेन्सी
कोरोना भाइरसका कारण हलिउड अभिनेता एन्ड्र्यु ज्याकको निधन भएको छ।
७६ वर्षका फिल्म ‘स्टार वार्स’ का अभिनेता ज्याकको सरेस्थित अस्पतालमा निधन भएको ज्याकका एजेन्ट जिलले विज्ञप्ति जारी गरी जानकारी दिएका हुन् ।

अभिनेता ज्याक ‘स्टार वार्स’ सिरिजको आठौं भागमा अन्तिम जेडीको भूमिकामा देखिएका थिए । त्यस्तै, ‘सोलो स् ए स्टार वार्स स्टोरी एन्ड स्टार वार्स’ को सातौं भागमा पनि उनी देखिएका थिए।

अस्ट्रेलियामा रहेकी उनकी धर्मपत्नीले ज्याकलाई दुईअघि मात्रै कोरोना पत्ता लागेको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् ।

प्रकाशित मिति: २१ चैत्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्