मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै



मनिला । अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चीनका विदेशमन्त्री वाङ यीबिच बुधबार फिलिपिन्सको राजधानी मनिलामा भेटवार्ता हुने भएको छ ।

अमेरिकी अधिकारीका अनुसार रुबियो र वाङबिच दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) सम्बन्धी बैठकको अवसरमा आमनेसामने छलफल हुनेछ । दुवै नेताबिचको वार्तामा चिनियाँ राष्ट्रपति सी चिनफिङको आगामी अमेरिका भ्रमणको तयारीबारे मुख्य रूपमा छलफल हुने अपेक्षा गरिएको छ ।

गत मे महिनाको मध्यतिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबिच बेइजिङमा भएको शिखर भेटका क्रममा दुई देशबिचको प्रतिस्पर्धा र तनावका बाबजुद द्विपक्षीय सम्बन्धलाई स्थिर बनाउने सहमति भएको थियो ।

त्यस अवसरमा ट्रम्प र सीले आगामी सेप्टेम्बर २४ मा ह्वाइट हाउसमा पुनः भेट्ने सहमति गरेका थिए ।

प्रकाशित मिति: ६ श्रावण २०८३, बुधबार