मध्यरातमा बाहिरियो दिपिकाको यस्तो तस्बिर


 


मुम्बई, चैत २२ एजेन्सी

बलिउड अभिनेता रणवीर सिंहले पत्नी अभिनेत्री दीपिका पादुकोणको तस्बिर सार्वजनिक गरेका छन् । तस्बिर मध्यरातमा सेयर गरेका हुन् । तस्बिर हेर्दा दीपिकालाई गुलियो निकै मन पर्ने देखिन्छ । उनले हाजेलनट कोकाको एक सिंगै बट्टा लिएर चम्चा चाट्दै गरेकी छिन् ।

रणवीरले दुनियाँ सुतिरहेको बेला दीपिकाले यस्तो हर्कत गरिहेकी छिन् भन्दै तस्बिर सेयर गरेका छन् । रणवीरले उक्त तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्राममा सेयर गरेका छन् ।

दीपिकाले खाइरहेको बट्टाको बाहिरी कम्पनीको लेबल हटाएर ‘खिलजी’ नाम राखिएको छ । रणवीरले पोस्ट्मा क्यापसन लेखेका छन्, ‘रातिको अँध्यारोमा उनले खिलजीलाई निलिन् ।’

रणवीरले खिलजीको बारमा फिल्म ‘पद्मावत’ बाट गरेका हुन् । फिल्ममा दीपिका र रणवीर मुख्य भूमिकामा छन् । उक्त फिल्म सञ्जय लीला भन्सालीले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति: २२ चैत्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्