नेपाली ठिटो दिवेश अमेरिकन आइडलको उत्कृष्ट २० मा



काठमाडौं, चैत २४ एजेन्सी

अमेरिकन आइडलमा आफ्नो उत्कृष्ट प्रस्तुती दिदैँ आएका नेपाली ठिटो दिवेश पोखरेलले आफूलाई टप २० मा सुरक्षित गरेका छन् ।

आइतबार प्रशारण भएको एपिसोडबाट उनी टप २० मा सुरक्षित भएका हुन् ।

‘अर्थर गन’को नामबाट परिचित दिवेशले हरेक प्रस्तुतीमा जजबाट ‘स्ट्यान्डिङ अवेशन’ पाइरहेका छन् । अडिसनदेखि टप २० मा प्रवेश गर्नको लागि दिएको प्रस्तुतीमा पनि उनले जजबाट उत्कृष्ट प्रतिकृया पाएका छन् ।

दिवेशले टप २० प्रवेश गर्नको लागि बब मार्लीको गीतमा प्रस्तुती दिएका थिए । हजारौ दर्शकको उपस्थितीमा उनले आफ्नो धमकेदार प्रस्तुती दिएका थिए । उनको प्रस्तुती हेर्न उनको परिवार पनि त्यहाँ उपस्थित थिए ।

टप २० छान्नको लागि जजलाई निकै सकस परेको थियो । तर, दिवेशलाई टप २० मा लग्न केही सोच्नु नपरेको जजहरुले बताएका छन् । दिवेशलाई टप २० मा छान्दै गर्दा जजले भनेका थिए, ‘तिमी उदाउँदो तारा हौ ।’

आफू टप २० मा परेकोमा दिवेश निकै खुसी छन् । आफ्नो सपनाहरु झन नजिक हुदैँ गएको उनको भनाई छ । उनले आफूलाई टप २०को लायक देखेकोमा जजहरुलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News