कोरोना भाइरसको औषधि पत्ता लाग्यो: ट्रम्प


 


एजेन्सी, चैत्र २८
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको उपचारमा प्रभावकारी हुने औषधि पत्ता लागेको बताएका छन् ।

ह्वाइट हाउसले बनाएको कोरोना टास्क फोर्सको नियमित प्रेस ब्रिफिङका क्रममा राष्ट्रपति ट्रम्पले औषधि उत्पादक कम्पनी फाइजरले कोरोना भाइरसको उपचारका लागि प्रभावकारी औषधि उत्पादन गरेको बताए । उनले सो औषधिको मानवीय परीक्षण चाँडै सुरु हुने पनि बताए ।

ट्रम्पले ब्रिफिङका क्रममा औषधि उत्पादक सो औषधि या उपचार पद्धतिप्रति अति नै आशावादी र उत्साही रहेको बताए । अहिले त्यसको फुड एण्ड डर्ग एड्मिनिस्ट्रेसन (एफडीए) ले परीक्षण गरिरहेको उनले जानकारी दिए । उपराष्ट्रपति माइक पोम्पेओले अहिले दैनिक १ लाखको कोरोना परीक्षण भइरहेको जानकारी दिए । उनले यो परीक्षणलाई अझै बृहत रुपमा अघि बढाउन कोशिस भइरहेको जानकारी पनि सो क्रममा दिए ।

कोरोनाबाट अमेरिकामा मृत्यु हुने मानिसको संख्या १६ हजार नाघेको छ । अमेरिकामा अहिलेसम्म मृत्यु हुनेको संख्या १६ हजार ६९१ पुगेको छ । संक्रमितको संख्या ४ लाख ६८ हजार ५५६ पुगेको छ ।अहिलेसम्म अमेरिकामा करिब २५ हजार ९ सय २८ संक्रमित निको भइसकेका छन् ।

प्रकाशित मिति: २८ चैत्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्