सुनचाँदीको मूल्य घट्यो



काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

सुन तोलामा एक हजारले घटेर तीन लाख आठ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गत शुक्रबार एक तोला सुन तीन लाख नौ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदी पनि तीन सय ३५ रुपैयाँले घटेको छ ।

जसअनुसार एक तोला चाँदीको मूल्य चार हजार ८९५ निर्धारण गरिएको छ ।

गत शुक्रबार भने चाँदी पाँच हजार २३० मा कारोबार भएको थियो ।

प्रकाशित मिति: २४ जेष्ठ २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्