डुंगा पल्टिएर सप्तकाेशीमा काे-काे हराए ? (सूचिसहित)


 


काठमाडौं, असोज २

सुनसरीको प्रकाशपुर नजिकै सप्तकोशी नदीमा डुंगा डुब्दा बेपत्ता भएकाहरु अझै सम्म पनि फेला पर्न सकेका छैनन् । शनिबार सुनसरीकाे महेन्द्रनगरबाट हटिया जाँदै गर्दा सप्तकोशीमा डुंगा डुबेको थियो ।

नदीमा हराइरहेकाहरूको खोजी कार्य आइतवार बिहानैबाट सुरु भएको थियाे । स्थानीय प्रशासनले आइतवार बिहानै देखि हराइ रहेकाहरूलाई खोजिरहेको हो ।

१ जिल्ला सुनसरी महेन्द्रनगर ५ बस्ने गोल्छा झाको छोरी बर्ष ७ की रेखा झा

२ ऐ.ऐ. बस्ने गोल्छा झाको बहिनी बर्ष २५ की मिना झा

३  ऐ.ऐ. बस्ने मिना झाको छोरी बर्ष ३ की पुजन झा

४  जिल्ला सुनसरी प्रकाशपुर ५ बस्ने अखो चन्द्रबंशीको श्रीमति बर्ष ४०र४५ की पार्वति चन्द्रबंशी

५  जिल्ला सुनसरी महेन्द्रनगर ५ बस्ने गोल्टु चन्द्रबंशी को श्रीमति बर्ष ४०/४५ की सकुन्तला चन्द्रबंशी

६ ऐ.ऐ. बस्ने निजकै छोरी बर्ष १२ कि तत्काल नाम नखुलेको

७  जिल्ला सुनसरी प्रकाशपुर ४ बस्ने डुङगा चालक अ। बर्ष ४०/४५ को तुफानी चन्द्रबंशी

८ ऐ.ऐ. बस्ने हरिबोल कबिरतको श्रीमति बर्ष ३०र३५ की सिता कबिरत

९  जिल्ला सुनसरी महेन्द्रनगर ५ बस्ने पटवारी उराउको छोरी बर्ष १४/१५ की तत्काल नाम नखुलेको

१०  जिल्ला सुनसरी महेन्द्रनगर ५ बस्ने वर्ष ५५ कि चननदेवी यादव

प्रकाशित मिति: २ आश्विन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्