दाहाल, महरा, पुन र शर्मालाई अख्तियारमा हाजिर हुन निर्देशन, अब के गर्लान ?


 


prachanda-punकाठमाडौं, असोज ४

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपराष्ट्रपति नन्दबहादुर पुन, अर्थमन्त्री कृष्णबहादुर महरा, माओवादी नेता वर्षमान पुन, ऊर्जामन्त्री जनार्दन शर्मा, प्रधानमन्त्री दाहालका प्रमुख राजनीतिक सल्लाहकार चन्द्रप्रकाश खनाललाई एक महिना भित्र उपस्थित हुन भन्दै पत्र काटेको छ ।

अख्तियार स्रोतका अनुसार लडाकु शिविरमा भएको अनियमितताका विषयमा बयान दिन उनीहरुलाई आयोगको कार्यालय टंगालमा उपस्थित हुन पत्र काटेको हो । चलानी नम्बर सहितको पत्र बुझाउने क्रम एक दुई दिनमै सुरु हुने पनि अख्तियार स्रोतले वताएको छ ।

प्रकाशित मिति: ४ आश्विन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्