नोस्ट्याल्जिक निरुता



मुम्बई, बैशाख ९

नायिका निरुता सिंह यतिबेला मुम्बईमा छिन् । उनी, करिब ८ बर्षपछि नेपाली चलचित्रमा फर्किइन र केही चलचित्रमा काम पनि गरिन । उनी अभिनित चलचित्र ‘दाल भात तरकारी’ गतबर्ष रिलिज भयो ।

उनले चलचित्र ‘क्याप्टेन’को एउटा गीतमा काम गरिन भने चलचित्र ‘नाई नभन्नु ल ५’मा पनि अतिथी कलाकारको रुपमा काम गरिन ।

नेपाली चलचित्र क्षेत्रमा एक दशक अगाडि नायिका निरुता सिंहको क्रेज लोभलाग्दो थियो । निरुतालाई लिएर चलचित्र बनाउन निर्माताले लामो समय पर्खिन्थे । निरुतालाई अहिले पनि रुचाउने दर्शकको संख्या कम छैन ।

लक डाउनको समयमा घरमै रहेकी निरुतालाई नेपाली चलचित्रको यादले खुबै सताएको बुझ्न सकिन्छ ।

उनले, आफ्नै नाममा युट्युब च्यानल संचालनमा ल्याएकी छिन् । निरुताको युट्युब च्यानलमा उनले विगतमा काम गरेका चलचित्रको छायांकनका विभिन्न दृश्यहरु हेर्न सकिन्छ ।

छायांकनको समयका पर्दा पछाडिका दृश्य समावेश गर्दै निरुताले दर्शकलाई आफूसँग जोड्ने प्रयास गरेकी छिन् । साथै, निरुताले घरमै रहन र सुरक्षित रहन पनि अपिल गरिरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News