बलिउडकर्मी प्रियंकाद्वारा स्वास्थ्यकर्मीलाई सहयाेग



मुम्बई, बैशाख १३
बलिउड अभिनेत्री प्रियंका चोपडा यतिबेला केही फरक रूपमा सहयोगमा उत्रिएकी छन् ।

यसभन्दा अघि प्रधानमन्त्री कोषमा आर्थिक सहयोग प्रदान गरिसकेकी अभिनेत्री प्रियंकाले यतिबेला कोरोनाविरुद्ध कार्यरत स्वास्थ्यकर्मी तथा चिकित्सकहरूका लागि २० हजार जोर विशेष प्रकारको जुत्ता प्रदान गरेकी छन् ।

अस्पतालमा घन्टौ उत्रिएर काम गर्नुपर्ने र कोरोनाबाट सुरक्षित रहनुपर्ने भएकाले चिकित्सा तथा स्वास्थ्यकर्मीहरूका लागि अभिनेत्री प्रियंकाले कोरोनाबाट जोगिनुका साथै उभिँदा आराम मिल्ने २० हजार जोर जुत्ता प्रदान गरेको भारतको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले बताएका छन् ।

अभिनेत्री प्रियंका चोपडामा आफ्ना पति निकसँग मिलेर अमेरिकाका लस एन्जल्सका स्वास्थ्यकर्मीहरूलाई पनि यही प्रकारको जुत्ता प्रदान गरेकी छन् । उनले त्यहाँ १० हजार जोर जुत्ता प्रदान गरेकी हुन् ।

कतिपय स्वास्थ्यकर्मीहरूलाई उपचारमा खट्दा पीपीई प्राप्त भए पनि यस्तो प्रकारको जुत्ताको अभाव थियो । २० हजार जोर जुत्तालाई तत्कालै सम्बन्धित स्वास्थ्यकर्मीमाझ वितरण थालिएको छ।
एजेन्सी

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News