सप्तकोसी नदीमा डुंगा सञ्चालनमा रोक


 


सुनसरी, असोज ५

पटकपटक डुंगा दुर्घटना हुन थालेपछि सप्तकोसी नदीमा डुंगा सञ्चालनमा रोक लगाइएको छ । जिल्ला सुरक्षा समिति सुनसरिको बैठकले वैकल्पिक व्यवस्था नभएसम्म सप्तकोसीमा डुंगा चलाउन रोक लगाउने निर्णय गरेको हो।

सुनसरीको  श्रीलंका टापुमा शनिबार प्रकाशपुर गाविस आउँदै गरेको डुंगा दुर्घटना हुँदा नौ जना स्थानीय बेपत्ता भएका छन् । उनीहरुको अवस्था अझै पत्ता लाग्न सेको छैन ।

वर्सेनि दर्जनौको ज्यान जाने गरी सप्तकोसी नदीमा डुंगा दुर्घटना हुन थालेपछि स्थानीय प्रशासनले डुंगा सञ्चालनलाई व्यवस्थित बनाउने भएको छ ।

प्रकाशित मिति: ५ आश्विन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्