झापामा कर्मचारीको हत्या


 


झापा, असोज ५

झापाको शरणामती गाविसका लेखापाल यामनाथ रिजालको हत्या भएको छ । स्थानीयका अनुसार उनको शव बुधबार विहान कनकाई नगरपालिका-५, चप्रामारीमा फेला परेको थियो ।

टाउकोमा चोट लागेको अवस्थामा रिजालको शव फेला परेको इलाका प्रहरी कार्यालय, सुरुङ्गाका प्रमुख जितेन्द्र थापाले पुष्टि गरे । उनले भने ‘टाउकोमा दुई/तीन ठाउा चोट लागेको छ, नाकबाट रगत निस्किएको देखिन्छ ।’

यसैबीच, घट्नाको विषयमा अनुसन्धान गर्न रिजालका साथी लय शिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: ५ आश्विन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्