बलिवुड अभिनेता ऋषि कपुरको निधन




काठमाडौं, वैशाख १८
बलिवुड अभिनेता ऋषि कपुरको निधन भएको छ । उनको मुम्बईस्थित एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा निधन भएको हो ।

अचानक स्वास्थ्य खराब भएपछि गएराती ऋषि कपुरलाई अस्पतालमा भर्ना गरिएको थियो । ६७ वर्षीय अभिनेता कपुर लामो समयदेखि क्यान्सरबाट पीडित रहेका थिए । 

ऋषि कपुर गत सेप्टेम्बरमा मात्र अमेरिकामा लामो समयको उपचारपछि मुम्बई फर्किएका थिए । उनी गत फेब्रुअरीमा समेत स्वास्थ्यमा समस्या हुदा अस्पताल भर्ना भएका थिए ।

सामाजिक संजालमा निकै सक्रिय रहने कपुरले अप्रिल २ देखि केहि सामग्री पोष्ट नगर्दा स्वास्थ्य ठीक नभएको आशंका गरिएको थियो ।     

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News