बाढी पहिरोले भोजपुरमा के–के क्षति भयो ?


 


भोजपुर, असोज ५
सोमबार र मंगलबारको अविरल वर्षापछि आएको बाढीले भोजपुरको विभिन्न ठाउँमा क्षति भएको छ । बाढी पहिरोले चौपायाहरु बढी मरेका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरले दिएको जानकारी अनुसार अन्नपुर्ण– १ स्थित रुद्र खत्रीको घर पहिरोले पुरेको छ ।

त्यस्तै नागी–स्थित बिष्णु दनालको घर पहिरोले वगाएको छ । यही ठाउँका गोबिन्द राज अधिकारी र राज कुमार सुन्दासको अलैचीबारी र धान खेत पहिरोले बगाउको छ । मानेभन्ज्याङ–४ पिखुवा खोला छेउमा राखेको बिरेन्द्र राईको को २ त १०८५ नम्बरको ट्याक्टर खोलाले बगाएको प्रहरीले जनाएको छ ।

लगातारको बर्षातपछि भोजपुरको अखुवा खोलामा  अाएको बाढी । तस्बिर : देशकोन्युज
लगातारको बर्षातपछि भोजपुरको अखुवा खोलामा अाएको बाढी । तस्बिर : देशकोन्युज

साङपाङ–६ स्थित मानबहादुर तामाङको घर नजिकै पहिरो आएको छ भने घटनास्थलमा उद्धारका लागि प्रहरी पुगेको छ । लेखर्क–७ शिव दंगालको गोठ पहिरोाले बगाउँदा दुई वटा खसी मरेका छन् ।

नागी–९ मा पर्शुराम अधिकारीको बाख्रा खोर पहिरोले बगाउँदा तीनवटा खसीबाख्रा मरेका छन् । याङपाङ–९ स्थित भिम प्रसाद कोइरालाको गोठ भत्किदा एउटा भैसी मरेको छ ।

बाढी पहिराले लाखौ मूल्य बराबरको क्षति भएको छ भने जिल्लाभरको विवरणहरु संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रकाशित मिति: ५ आश्विन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्