काेराेनाकाे असर: आमाले ढुंगा उमालेको नाटक गरेर बच्चालाई चुप लगाइन्!



काठमाडौं । कोरोना संकटले केन्यामा एकजना महिलालाई यति गरीब बनाइदियो कि उनले आफ्ना बच्चाहरुलाई फकाउनका लागि ढुंगा पकाएको नाटक नै गर्नुपरेको छ ।
आठ बच्चाहरुकी यी आमाको नाम पेनिना बहाती कित्साओ हो ।

पेनिनाका लागि गरीबी र समस्या यति धेरै बढ्यो कि उनीसँग आफ्ना बच्चाहरुलाई खुवाउनका लागि खाना पनि थिएन । यसैबिच उनले आफ्ना बच्चाहरुलाई खुसी बनाउनका लागि ढुंगा उमाल्न थालिन् । आफ्नी आमाले केही पकाउँदै गरेको देखेर बच्चाहरु खान पाइने आशाका साथ खुसी हुँदै निदाउँथे । उनकी छिमेकी बच्चा रोएको सुनेर त्यहाँ पुगिन् र भावविह्वल हुँदै त्यो पूरै घटनाको भिडियो बनाएर स्थानीय मिडियालाई त्यसको वारेमा बताइदिइन् ।

पेनिनाको कथा सुनेका धेरै मानिसहरुले केन्याभरबाट उनलाई फोन गर्न थाले । पेनिनिका एकजना छिमेकीले उनको बैंक खाता खोलाइदिए जसको मार्फत् उनले आर्थिक सहयोग पाउन थालिन् । पेनिना भन्छिन् कि उनले कल्पना पनि गरेकी थिइनन् कि केन्याका मानिसहरु त्यति धेरै उदार स्वभावका छन् । उनी यो सबैलाई एउटा चमत्कार मान्छिन् ।

उनले भनिन्, “मेरा बच्चाहरुलाई यो थाहा भइसकेको थियो कि म ढुंगा उमालेर नाटक गरिरहेको छु, तर के गर्नु मसँग यो बाहेक अरु केही उपाय पनि त थिएन ।” केन्यामा हालसम्म कोरोना भाइरसबाट ३९५ जना संक्रमित भएका छन् भने १९ जनाको मृत्यु भइसकेको छ । पेनिना निरक्षर हुनुका साथै विधवा महिला हुन् । उनी अरुको कपडा धोएर आफ्नो तथा आफ्ना बच्चाहरुको पेट पाल्ने गर्थिन् तर कोरोना संक्रमण फैलिएपछि भने उनको काम ठप्प हुन पुगेकाे छ। बीबीसी

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News