शमी साहित्य पुरस्कार कर्णिकारलाई


 


shami-prizeकाठमाडौँ, असोज ५

शमी साहित्य प्रतिष्ठानले यस वर्षको शमी साहित्य साधना सम्मान बरिष्ठ निबन्धकार घनश्याम राजकर्णिकारलाई प्रदान गरेकाे छ । नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले बुधबार सो पुरस्कार राजकर्णिकारलाई प्रदान गरेका हुन् ।

प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालको अध्यक्षतामा बसेको बैठकले रु एक लाख एक सय एक राशीको सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो । वि. सं. १९९८ माघ ३ गते काठमाडाैंमा जन्मिएका राजकर्णिकार नेपाली नियात्राका क्षेत्रमा प्रतिष्ठित लेखकका रूपमा स्थापित साहित्यकार हुन् । २०२४ असार २० गते गाेरखापत्रमा मिलनकाे क्षण नामक एकांकी प्रकाशित गरेर नेपाली साहित्य क्षेत्रमा प्रवेश गरेका राजकर्णिकारका दर्जनाै कृति प्रकाशित छन् ।

ghanashyam-rajkarnikarयसैगरी शमी युवा प्रोत्साहन पुरस्कार हिमालय उमावि, पर्वत, खुर्काेटका कक्षा ९ का विज्ञान प्रविधिका प्रतिभा अमन पौडेललाई प्रदान गरियो । पौडेलले पानीबाट चल्ने यन्त्रलगायत सिर्जना गरेका छन् । सो पुरस्कार रु २५ हजार राशीको छ ।

यस्तै सम-समता लैङ्गिक अध्ययन पुरस्कार २०७१का लागि भुटनीदेवी उमाविका सिर्जना परियार र २०७२ का लागि नवदीप विद्याश्रम उमावि, म्हैपीका राज ढुंगानालाई प्रदान गरियो । उच्चमाध्यमिक तहमा लैङ्गिक अध्ययन का सर्वाेत्कृष्ट हुने विद्यार्थीलाई दिइने यो पुरस्कारको राशी रु २० हजार एक सय एक राशीको छ ।

लैंगिक अध्ययनमा चासाे राख्ने प्रतिभाशाली एक जना विद्यार्थीलार्इ पुरस्कृत गर्ने अभिप्रायबाट प्रा.डा. चन्द्रा भद्राबाट ७५ हजार एक सय एक रूपैयाँबाट सुरू भएकाे याे पुरस्कार हाल साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक एवं अक्फोर्ड इन्टरनेसनल पब्लिेकेसन्सका पूर्व प्रमुख डोलिन्द्रप्रसाद शर्माले रु ७५ हजार एक सय एक रूपैयाँ थपेर अक्षय कोष स्थापना गरी सम-समता पुरस्कार स्थापना भएका हुन् । शर्मा सो प्रतिष्ठानको संरक्षक छन् ।

शमी साहित्य प्रतिष्ठान नेपाली वाङ्मयकाे उत्थान र विकास गर्ने उदेश्यले स्थापना भएकाे प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालले बताए ।यसले नेपाली साहित्यका दीर्घ एंव अथक साधक भएर पनि मूलप्रवाहबाट अाेझेलमा परेका वाङ्मयसेवीहरूकाे पहिचान गरेर कदर गर्दे अाएकाे छ । अक्सफाेर्ड इन्टरनेशनल पब्लिकेशन प्रा.लिकाे सहयाेगमा वि.सं. २०७१ असाेज १ गते काठमाडाैंमा शमी साहित्य प्रतिष्ठानकाे विधिवत स्थापना भएकाे हाे ।

pradip-nepalशमी साहित्य साधना सम्मानबाट कर्णिकार सहित सात जना सम्मनित भइसकेकाे छन् । गणेशबहादुर प्रसार्इ २०६७, मंगलकुमार नेपाल २०६८, प्रा.डा. माेहनहिमांशु थापा २०६९, बसन्तकुमार शर्मा नेपाल २०७०, तेजेश्वरबाबु ग्वंग २०७१, कृष्ण जाेशी २०७२ र घनश्याम राजकर्णिकार २०७३ रहेका छन् ।

प्रकाशित मिति: ५ आश्विन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्