उपत्यका छिर्ने नाकामा कडाई, ४ सय बढी सवारी साधन फर्काइए


 


काठमाडौं, बैशाख २६
पछिल्लाे केही दिनयता उपत्यका छिर्ने नाकामा कडाइ गरिएकाे छ। पहुँचका आधारमा पास लिएर बिना काम उपत्यका छिर्न खोज्ने करिब चार सय भन्दा धेरे सवारी साधनलाई प्रहरीले गृहमन्त्रालयकाे निर्देशन बमाेजिम फकाईएको छ ।

२२ बैशाखमा ७४, २३ मा एक सय तीन, २४ मा दुई सय २७ तथा २५ मा ४९वटा सवारी साधन गरी नागढंगा नाकाबाट मात्र चार सय १६ सवारी साधन गाडी फकाईको महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले बताए ।

विगतमा उपत्यकाबाट बाहिरिने धेरै हुनेमा पछिल्लो केही दिनमा भित्रन खोज्ने बढेपछि कडाई गरिएको हो । उपत्यकाका अन्य नाकाहरुमा पनि बिना काम उपत्यका छिर्न खोज्ने यात्रुलाई रोकिएको छ । तराईका केही जिल्लाहरुमा संक्रमण विस्तार भएपछि अत्यावश्यक सेवा बाहेकको अवस्थामा उपत्यका बाहिरबाट आउन रोक लगाइएको हो ।

प्रकाशित मिति: २६ बैशाख २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्