थप ७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १०९ पुग्यो


 


काठमाडाैँ, बैशाख २७
नेपालमा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुर भुल्केका ३ महिला, कपिलवस्तुका ३ पुरुष र पर्साका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय प्रयोगशाला काठमाडौं र कोसी अस्पताल विराटनगरको प्रयोगशालामा परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति: २७ बैशाख २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्