चीनको वुहानमा फेरि देखिए कोरोना संक्रमित


 



बेइजिङ
कोरोना भाइरस ९कोभिड–१९० को उद्गमस्थल मानिएको चीनको वुहानमा एक महिनापछि फेरि संक्रमित व्यक्ति भेटिएका छन्। वुहानमा मे ३ तारिखपछि शनिबारसम्म नयाँ संक्रमित देखिएका थिएनन्।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार शनिबार चीनभर १४ जना नयाँ संक्रमित भेटिएका छन्। चीनमा अप्रिल २८ तारिखयता एकैदिन सबैभन्दा बढी संक्रमण पुष्टि भएको हो।

चीनमा शुक्रबार एक जनामात्र नयाँ संक्रमित भेटिएका थिए। शनिबार संक्रमण पुष्टि भएकामध्ये चीनको जिलिन प्रान्तस्थित सुलान शहरका ११ जना छन्। 

आयोगले सुलान सहरमा बुधबार संक्रमण पुष्टि भएकी एक महिलाबाट ती व्यक्तिहरुमा संक्रमण फैलिएको जनाएको छ। संक्रमित सबैमा कुनै लक्षण नदेखिएको आयोगले बताएको छ। 

चीनमा आइतबारसम्म ८२ हजार ९०१ जना सङ्क्रमित भएका छन्। तीमध्ये ४ हजार ६ सय ३३ जनाको ज्यान गएको छ भने ७८ हजार १ सय २० व्यक्ति उपचारपछि घर फर्किएका छन्।

प्रकाशित मिति: २९ बैशाख २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्