नरेन्द्र मोदीलाई ठुलो उपहार दिँदै प्रचण्ड! विमलेन्द्र निधिको मुख्य भुमिका


 


modi-prachanda

काठमाडौं, ७ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिन्दी भाषालाई नेपालको सरकारी भाषा बनाउन गृहकार्य थालेका छन् ।

भारत भ्रमणदेखि, भारतीय समकक्षी नरेन्द्र मोदीको जन्मदिनसम्ममा नेपालका तर्फबाट सरपराइज दिएका प्रचण्डले हिन्दी भाषालाई नेपालको सरकारी भाषा बनाएर अर्काे सरपराइज दिने तयारी गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री विमलेन्द्र निधिले मधेसी मोर्चाका नेताहरु सम्वाद गरी संविधान संशोधनमार्फत हिन्दी भाषालाई नेपाली सरहकै मान्यता दिन लागेका हुन् ।

स्रोतका अनुसार हिन्दी भाषालाई समेत सरकारी कामकाजको भाषाको रूपमा संविधानको अनुसूचीमा राख्ने वचन प्रधानमन्त्री दाहाल र निधिले मोर्चा र संघीय गठबन्धनका नेतालाई दिइसकेका छन् ।

संसदमा पेस गरिँदै

हिन्दी भाषालाई नेपालको भाषा बनाउने प्रस्तावसहितको संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका संसदमा पेस गर्ने तयारी पनि सरकारले गरेको छ । प्रस्ताव यसै हप्ताभित्र संसदमा पेस हुने बालुवाटार स्रोतले जनायो ।

आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग सम्बोधन गर्ने भन्दै प्रधानमन्त्री प्रचण्डले सीमांकनसहितको संशोधन प्रस्ताव लैजाने तयारी सुरु गरेका हुन् ।

प्रकाशित मिति: ७ आश्विन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्