काेसी डुङ्गा दुर्घटनाका २९ यात्रुको उद्धार गर्ने ‘बहादुर’ हरूलाई यसरी गरियाे सम्मान


 


kosi-bahadur-sammanसुनसरी, असाेज ७

गत शनिबार सप्तकोसी नदीमा भएको डुङ्गा दुर्घटनाका क्रममा २९ यात्रुको उद्धार गर्न सफल स्थानीयवासी पाँच युवालाई जिल्ला प्रशासन कार्यालय सुनसरीले आज सम्मान गरेको छ । दाउरा लिएर फर्कने क्रममा यात्रु सवार डुङ्गा डुबेको देखेपछि ती युवाले बहादुरीका साथ यात्रुको ज्यान जोगाएकाले प्रशासनले उनीहरूलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा सुनसरी, महेन्द्रनगर गाविस–९ का अमृत खड्का, रामचन्द्र झा, रोजन राई, नेपाल कविरथ र प्रकाशपुर–३ का बाबुराम चन्द्रवंशी छन् । विपद्मा परेकालाई बहादुरीपूर्ण तरीकाले कार्य गरी जीवितै उद्धार गर्न सफल भएका युवाको कार्य प्रशंसनीय र सराहनीय रहेको जनाउँदै प्रजिअ मोहनबहादुर चापागाईँले जनही रु तीन हजार सहित प्रशंसापत्रद्वारा सम्मान गर्नुभएको थियो ।

प्रकाशित मिति: ७ आश्विन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्