मांसाहारी जनावर मिंकबाट कोरोना भाइरस सरेको दाबी




एजेन्सी
नेदरल्याण्डका बैज्ञानिकहरुले मांसाहारी जनावर मिंकबाट कोरोना भाइरस मानिसमा सर्व्को दाबी गरेका छन् । अहिले मिंक फार्ममा कोरोना संक्रमण देखिएपछि नेदरल्याण्डका अधिकारीहरुले तीव्र रुपमा कोरोनाको परीक्षण गरिरहेका छन ।

उनीहरूले मानिसमा उक्त जनावरले नै कोरोना भाइरस सारेको बिश्वास अधिकारीहरुले गरेका छन । नेदरल्याण्ड सरकारले मंगलबार राति एक नयां घोषणा गर्दै मिंकहरुमा कोरोनाको संक्रमण नदेखिने तर उसले मानिसमा सार्ने बताएको छ ।

चीनको वुहान शहबाट शुरु भएको कोरोना भाइरस मानिसबाट मानिसमा सरेको बताइएपनि पछिल्लो नेदरल्याण्डका अधिकारीहरुका अनुसार मिंकबाट नै मानिसमा कोरोना भाइरस सरेको दावी गरेको छ ।

नेदरल्याण्ड सरकारले मुलुकभरमा र्फाममा रहेका मिंकहरु माथि कोरोना भाइरसको परीक्षण गर्ने घोषणा गरेको छ । नेदरल्याण्डका अधिकारीहरुले बिरालोबाट पनि कोरोना भाइरस सर्न सक्ने चेतावनी दिएको छन् ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News