कोरोनाको उपचार परीक्षणमा रहेको औषधिमा रोक, थप जोखिम निम्त्याएको तथ्य
जेनेभा
कोरोना भाइरस (कोभिड-१९) को उपचार परीक्षणमा हाइरोक्लोरिक्विनको प्रयोगलाई तत्कालका लागि रोक लगाउने निर्णय गरिएको छ। संक्रमित थप जोखिममा पर्न सक्ने भन्दै विश्व स्वास्थ्य संगठनले सोमवार यसको क्लिनकल ट्रायलमा रोक लगाएको हो।
एक साताअघि ल्यान्सेटमा प्रकाशित अनुसन्धानात्मक लेखले कोरोना संक्रमितमाथि हाइड्रोक्लोरिक्युनको प्रयोगले थप जोखिम निम्त्याएको उल्लेख गरेको थियो। त्यसको एक सातामा नै संगठनले यस्तो निर्णय लिएको हो।
विश्व स्वास्थ्य संगठनको सहयोगमा यसअघि भएको क्लिनिकल ट्रायल अब रोकिएको। ुसुरक्षा अवस्थाको समीक्षाका लागि स्थगितु गरिएको संगठनले जनाएको छ। एएफपी
प्रकाशित मिति: १३ जेष्ठ २०७७, मंगलबार