‘सुसाइड नोट’ लेखेर बालकले गरे आत्महत्या, जलाउनै लागिएको शव प्रहरीको नियन्त्रणमा


 



काठमाडौं, जेठ १४
शङ्खरापुर नगरपालिका पटापका एक बालकले सुसाइड नोट लेखेर आत्महत्या गरेका छन्।

गोथे तामाङका छोरा १५ वर्षीय सुनबहादुरले सुसाइट नोट लेखेर आफ्नै घरमा आत्माहत्या गरेका हुन् ।

उनले एउटा कागजको पानामा ‘म छिट्टै स्वर्गमा जाँदैछु, मेरो नामको सम्पत्ति सबै ठूलो भेनालाई दिनू, आमाबुवाले पनि दाइलाई मात्र पैसा दिन्छन्’ भन्दै सुसाइड नोट लेखेर आत्महत्या गरेको प्रहरीले जानकारी दिएको हो।

तामाङको शव सोमबार राति गुपचुपरूपमा जलाउन लाग्दा महानगरीय प्रहरी वृत्त बौद्ध र प्रहरी चौकी नाङ्लेभारेको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो।

जलाउनै लाग्दा शव नियन्त्रणमा लिएर परीक्षणका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए । उनले घटनाको थप अनुसन्धान अगाडि बढाइएको बताए।

मृतक तामाङ उनका आफ्नै जेठो भिनाजुको स्काभेटरको सहयोगीका रूपमा काम गर्ने गरेका थिए। परिवारमा चार भाइ छोरामध्ये उनी कान्छो हुन्।

प्रकाशित मिति: १४ जेष्ठ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्