आगामी ३ महिना कोरोना संक्रमणको दर अझै बढ्ने संकेत!


 


काठमाडौं, जेठ १९
नेपालमा आउदाे तीन महिनासम्म कोरोना भाइरस संक्रमणको दर अझै बढ्ने र संक्रमित गम्भीर अवस्थामा पुग्न सक्ने भएकाले कम्तीमा १० हजार भेन्टिलेटर स्ट्यान्डबाइ राख्नुपर्ने स्वास्थ्यसम्बन्धी अनुसन्धानकर्ता तथा चिकित्सकले सरकारलाई सुझाव दिएका छन् ।

अहिले देशभरमा १ हजार ५ सय ९५ आइसीयू बेड र ८ सय ४० वटा भेन्टिलेटर मात्रै छन् । 

पछिल्लो समय नेपालमा कोरोना भाइरस संक्रमणको दर एक्कासि बढ्दै जान थालेकाले यसले भयावह रुप लिन सक्ने भन्दै सरकारले विशेष सतर्कता अपनाउनुपर्नेमा अुनसन्धानकर्ताले जोड दिएका हुन् । आजको राजधानी दैनिकमा खबर छ ।

प्रकाशित मिति: १९ जेष्ठ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्