थाइल्याण्डको ८ केजी गाँजासहित एरपोर्टबाट दुई भारतीय युवती पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ८ केजी गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
विमास्थलमा खटिएको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले हवाई मार्ग हुँदै नेपाल आउने विदेशी यात्रुहरुको चेकजाँच गर्ने क्रममा थाइल्याण्डको बैंककबाट नेपाल आएका २ भारतीय महिलाले सुटकेश भित्र लुकाएर ल्याएको थाइल्याण्डको ८ केजी गाँजा बरामद गरेको हो ।
गएराती थाइ एयरवेजको उडान नं. टीजी ३०९बाट नेपाल आएका भारतीय महिलाहरु पक्रउ परेका हुन् ।
भारतको मणिपुर स्थायी ठेगाना भएकी २० वर्षिया युवती मोनादेवी लङजाम र २३ वर्षकी ओनिम अल्ली पक्राउ परेका हुन् ।
पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ७ श्रावण २०८३, बिहिबार







