एकैदिन थपिए २०१ संक्रमित, कूल २३०० पुगे


 


काठमाडौं, जेठ २१

परीक्षण दायरा बढेसँगै नेपालमा कोरोना संक्रमित पनि लगातार बढेको छ । बुधबारसम्ममा मुलुकका ६४ जिल्लामा संक्रमण फैलिएको छ ।

पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य जनसंख्या मन्त्रालयकाअनुसार योसँगै कुल संक्रमितको संख्या २३०० पुगेको छ । भारतबाट सर्वसाधारण आउने क्रम जारी रहेकाले यो संख्या अरु बढ्ने स्वास्थ्यकर्मी बताउँछन् ।

प्रकाशित मिति: २१ जेष्ठ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्