सतर्क रहन मौसम विभागको आह्वान



काठमाडौं, जेठ २४
जल तथा मौसम पूर्वानुमान महाशाखाले भोलि बिहानसम्म नै वर्षा हुने भएकाले सतर्क रहन आह्वान गरेको छ ।

महाशाखाका अनुसार शुक्रवारदेखि नै मुलुकभर वर्षा जारी रहेको छ । अहिले मुलुकका अधिकांश भू-भागमा वर्षा भइरहेको छ । महाशाखाले विभिन्न स्थानमा मापन गरेको वर्षाको विवरणअनुसार सबैभन्दा बढी धनगढीमा ७४.९ मिलिलिटरसम्म वर्षा भएको छ ।

यस्तै वीरेन्द्रनगरमा ३८.७, दिपायलमा २७.१, सिमरामा २०.९ र काठमाडौंमा १२.८ मिलिलिटर वर्षा भएको छ ।

अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले वर्षा भोलि बिहानसम्म नै जारी रहने महाशाखाले जनाएको छ ।

प्रदेश १, २, बागमति र गण्डकी प्रदेशका केही स्थानहरूमा वर्षासँगै मेघगर्जन र चट्याङको पनि सम्भावना छ भने उच्च हिमाली भेगका केही स्थानहरुमा हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News