कर्णालीमा थपिँदै कोरोना संक्रमित


 


सुर्खेत, जेठ २७
कर्णाली प्रदेशमा कोरोना संक्रमण दर बढ्दै गएको छ । कर्णालीमा थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अनवेषण केन्द्रको प्रयोगशाला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा भएको परीक्षणबाट थप २० जनामा कोरोना पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये सल्यानका १३ जना, सुर्खेतका ५ जना र जुम्लामा २ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले पुष्टि गरे ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं। ३, ४, ५ र ८ का १२ जना पुरुष, कपुरकोट गाउँपालिका(६ का एकजना पुरुष, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका( १२ की एक महिला र दुईजना पुरुष, गुर्भाकोट नगरापलिका(१४ की एक महिला र सिम्ता गाउँपालिका ६ का एकजना पुरुषमा संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।

त्यस्तै जुम्लाको हिमा गाउँपालिका(४ की एक महिला र तिला गाउँपालिका(२ का एकजना पुरुष रहेका छन् । योसँगै कर्णालीमा मंगलबारसम्म संक्रमितको संख्या ६७१ पुगेको छ ।

प्रकाशित मिति: २७ जेष्ठ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्