प्रधानमन्त्री ओलीले आज संसद्लाई सम्बोधन गर्ने


 



काठमाडौं, जेठ २८
प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्लाई सम्बोधन गर्ने भएका छन् । साँसदहरूले संसदमा उठाएका प्रश्नहरुको जवाफ दिन प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले विनियोजन विधेयक–२०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरुमाथि उठेका प्रश्नको जवाफ दिने प्रतिनिधि सभाको कार्यसूची छ । 

बैठक आज बिहान ११ बजे बस्दैछ । संसद् सुरु भएलगत्तै प्रधानमन्त्री ओलीले जवाफ दिनेछन् ।

प्रकाशित मिति: २८ जेष्ठ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्