मनसुन सक्रिय, वर्षासँगै बाढी र पहिरोको जोखिम


 



काठमाडौं, असार ७
देशभर मनसुन सक्रिय भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ देखि सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँमा मनसुनी वायु र थोरै ठाउँमा पश्चिम वायुको प्रभाव रहेको छ ।

अहिले गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ । आज बेलुका प्रदेश १, २ र वाग्मतीमा ठूलो पानी पर्ने सम्भावना छ ।

राति पनि सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ मा सामान्य बदली तथा बाँकी प्रदेशमा पूर्ण बदली रहने महाशाखाले जनाएको छ ।

मनसुनसँगै बाढी र पहिरोको जोखिम बढ्दै गएको छ । ठूलो पानी परेको बेला नदी तथा खोलाखोल्सामा एक्कासी पानीको बहाव बढ्ने, पहाडमा पहिरो खस्ने, ढलको उचित निकास नभएका ठाउँमा सडक भत्कने र डुबान हुने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद् बरुण पौडेलले आग्रह गरे। 

प्रकाशित मिति: ७ असार २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्