६ जुवाडे पक्राउ



काठमाडौं, असार ८
काभ्रेको बनेपा नगरपालिका–६, २८ किलोमा ६ लाख नगदसहित ६ जना जुवाडे पक्राउ परेका छन् । जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख (एसपी) रबिकुमार पौडेललाई ठूलो रकममा जुवा खेलिरहेको सूचना आएपछि त्यसतर्फ प्रहरी परिचालन गरिएको थियो ।

पक्राउ पर्नेमा पाँचकुमारी पेट्रोल पम्पका मालिक जनक तिमल्सिना, विश्वराज तामाङ, रामेश्वर केसी, अनिल थापा, भोला राय र किरण रञ्जितकार छन् । प्रहरीका अनुसार उनीहरुलाई बनेपा नगरपालिका ६ स्थित पाँचकुमारी पेट्रोल पम्प नजिक रहेको पम्प मालिक जनक तिमल्सिनाको घरमा जुवातास खेल्दै गरेको अवस्थामा शुक्रबार राति पक्राउ गरिएको थियो ।

उनीहरुलाई जिल्ला प्रशासन कार्यालय काभ्रेबाट ७ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको काभ्रेका एसपी पौडेलले जानकारी दिए । पक्राउ परेका जुवाडेबाट ६ लाख ५४ हजार ५ सय रुपैयाँ नगद, ४ बुक तास र जुवा खालमा प्रयोग भएको १ थान तन्नासमेत बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News