कुकुर पाल्न अब अनुमति लिनुपर्ने, महानगरले ल्यायो नयाँ नियम


 



काठमाडौं, असार ८
काठमाडौंमा अब घरमा कुकुर पाल्न अनुमति लिनुपर्ने भएको छ ।

कुकुर पाल्न अब स्थानीय तहमा दर्ता गर्नु पर्ने भएको छ । घरधनीले मनपरी कुकुर पाल्ने तर बूढो या कुकुर रोगी भएपछि सडकमा छोडिदिने प्रवृत्ति बढेको भन्दै महानगरपालिकाले नयाँ नियम बनाएको हो ।

सडकमा दुर्घटनादेखि जथाभावी रूपमा फोहोर हुने प्रवृत्तिबाट दिक्क भएपछि काठमाडौँ महनगरपालिकाले अब कुकुर पाल्ने सम्बन्धमा नयाँ नियम लगाउन नयाँ आर्थिक वर्षका नीति तथा कार्यक्रममा नयाँ व्यवस्था गरेको छ ।

महानगरपालिकाका अनुसार स्थानीय तहमा दर्ता नगरी कुुकुुर पाल्न पाइने छैन । महानगरपालिकामा कुकुर पाल्ने सोख भएका मानिसले पहिला आफू रहेको वडा कार्यालयमा कुकुरको विवरण दर्ता गरेर मात्र घरमा कुकुरलाई स्वागत गर्नुपर्ने व्यवस्था गरिएको छ । कुकुर पालिरहेकाले पनि वडा कार्यालयमा दर्ता गर्नु पर्नेछ । गोरखापत्र दैनिक

प्रकाशित मिति: ८ असार २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्