सुनको मूल्य अहिलेसम्मकै उच्च, प्रतितोला ९१ हजार



काठमाडौं, असार ८

नेपालको घरेलु बजारमा सोमबार सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा प्रतितोलामा ४ सय रुपैयाँले बढेको हो ।

विश्वबजारमा सुनको मूल्य बढे पछि नेपाली बजारमा पनि आकासिएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ७ सय ५२।८० अमेरिकी डलर पुगेको छ ।

यस्तै, अघिल्लो दिनको तुलनामा चाँदीको मूल्यमा पनि प्रतितोला १० रुपैयाँले बढेर ९ सय ५० रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा चाँदी प्रतिऔंस १७.८८ डलर पुगेको छ । मूल्य बढेपछि बजारमा सुनचाँदीको कारोबार लगभग ठप्प जस्तै भएको सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए ।

अन्तर्राष्ट्रिय वस्तु बजारमा सुनको मूल्य निकै उतारचढावपूर्ण रहेकाले आउँदा दिनमा स्वदेशी बजारमा अझै बढ्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News