हाइटीविरुद्ध ब्राजिलको पहिलो हाफमै ३ गोलको अग्रता
काठमाडौँ । विश्वकप फुटबलअन्तर्गत समूह चरणको दोस्रो खेलमा ब्राजिलले हाइटीमाथि ३–० को अग्रता कायम गरेको छ। २३औँ मिनेटमा म्याथेस कुन्हाले गोल गर्दै अग्रता कायम गरेका थिए। तर ३६ औँ मिनेटमै कुन्हाले दोस्रो गोल गरे। ब्राजिलका लागि तेस्रो गोल भिनिसियस जुनियरले गरे।
योसँगै हाइटीविरुद्ध ३–० को अग्रता लिएको छ।
प्रकाशित मिति: ६ असार २०८३, शनिबार












