आज घट्यो सुनको मूल्य, कतिमा झर्यो ?


 



काठमाडौं, असार ९
नेपाली बजारमा आज भने सुनको मूल्य तोलमा चार सय रुपैयाँ घटेको छ । सुन आज तोलामा ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घट्दै प्रतितोला ९ सय ४० रुपैयाँ कायम भएको छ । चाँदी हिजो प्रतितोला ९ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ९ असार २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्