जुम्लामा अनिश्चितकालीन निषेधाज्ञा जारी



जुम्ला । जुम्ला सदरमुकाम खलंगामा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका कर्मचारीहरुमा कोरोना भाइरस पोजेटिभ देखिएपछि समुदायमा फैलिन नदिन, आशंकित व्यक्ति खोजी कार्य तथा परीक्षणका लागि भन्दै जुम्ला सदरमुकामा निषेधाज्ञा जारी गरिएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत चार जना स्वास्थ्यकर्मीसहित ८ जनामा कोराना पोजेटिभ देखिएको छ । स्वास्थ्यकर्मी बाहेकका चार जना जिल्ला बाहिरको भएपनि जुम्लामा अन्य पेशा व्यवसायमा संलग्न भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ । ८ जनामध्ये दुई जना महिला हुन् ।

मंगलबार राति गरिएको पिसिआर परीक्षणमा अस्पतालमा कार्यरत ४ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको अस्पतालका अस्पताल निर्देशक डा मंगल रावलले बताए । संक्रमणको थप जोखिम बढ्ने भन्दै अस्पतालले समेत अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरेको छ । प्रतिष्ठानमा कार्यरत सबै स्वास्थ्यकर्मी र कर्मचारीहरुको पीसीआर परीक्षण गर्ने तयारी भइरहेको छ । कर्मचारीहरुको पीसीआर परीक्षणसँगै कन्ट्याक्ट ट्रेसिङ पनि सुरु भएको प्रतिष्ठानले जनाएको छ ।

यता आजै कोभिड कमाण्ड नियन्त्रण समिति र जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार असार १० गते ३ बजेदेखि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारि दिएका छन् । स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा अनुसार सिल गरिएको क्षेत्र चन्दननाथ नगरपालिकाको पूर्वमा दान साँघु, पश्चिममा उमगाड, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र दक्षिणमा तिला नदीसहितका चार किल्ला रहेका छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News