अन्तर्राष्ट्रिय कवि गोष्ठी सम्पन्न


 


काठमाडौँ, असोज ११

अन्तर्राष्ट्रिय तहका साहित्यकारले सम्बन्धित मुलुकका कृतिलाई अनुवादका माध्यमबाट आदान–प्रदान गर्नुपर्नेमा जोड दिनुभएको छ । जरा फाउन्डेसनले आज यहाँ आयोजना गरेको अन्तर्राष्ट्रिय कवि गोष्ठीमा सहभागी कविले कृतिका मध्यमबाट विभिन्न देशबीच सांस्कृतिक सम्बन्ध विस्तार हुने विचार व्यक्त गर्नुभयो ।

नेपाल, भारत, थाइल्यान्ड, जर्मनी, बङ्गलादेश, म्यान्मार र भुटानका ३६ कविले कवितावाचन गर्नुभएको थियो । उहाँहरुले आ–आफ्नै भाषामा कवितावाचन गर्नुभयो । साहित्यको क्षेत्रबाट समाजको विकास गरी अन्तर्राष्ट्रियस्तरमा पनि मानवताका लागि कार्य गर्नुपर्नेमा सहभागी कविले जोड दिनुभयो ।

नेपाल–प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सहभागी मुलुकका समकालीन साहित्यलाई बुझ्न यस किसिमको कार्यक्रमले सहयोग पु¥याउने विश्वास व्यक्त गर्दै एकअर्कामा संस्कृतिसमेत आदान–प्रदान हुने बताउनुभयो । जरा फाउन्डेसनका महासचिव महेश पौडेलले विश्व परिवेशमा साहित्य, कलाको अवस्थाबारे थाहा पाउन सो कार्यक्रम गरिएको जानकारी दिनुभयो ।

प्रकाशित मिति: ११ आश्विन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्