प्रदेश १ मा २१ प्रतिशत रोपाइँ


 


विराटनगर, असार १५
मनसुनको सक्रियतासँगै प्रदेश नं– १ मा अहिले सम्ममा २१ प्रतिशत धान रोपाइँ भएको कृषि निर्देशनालय विराटनगरले जनाएको छ ।

“मौसम अनुकूल छ, वर्षा भइरहेको छ, किसानको खेत र बीउ तयार अवस्थामा रहेकोले एक साताभित्रै रोपाइँको प्रतिशत उल्लेखीय वृद्धि हुनेछ”, निर्देशनालयका निमित्त निर्देशक प्रकाश डाँगीले भन्नुभयो । यस प्रदेशमा अहिलेसम्म ३७ प्रतिशत मात्र सिँचाइ सुविधा पुगेको छ । सिँचाइ सुविधा नभएका क्षेत्रका किसानले कुलोपैनी, वर्षा, बोरिङको भरमा खेती गर्ने गरेका छन् ।

यस प्रदेशमा तीन लाख ४० हजार ८२९ धान लगाउने क्षेत्रफलमा गत वर्ष एक लाख ९३ हजार ३९८ हेक्टरमा धान लगाइएको थियो । समग्रमा गएको वर्षमा यस प्रदेशमा ५६ दशमलव ७४ प्रतिशत रोपाइँ भएको थियो । वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिम्सिनाले मनसुनको सक्रियता बढ्दा किसानको अनुहार हसिलो हुने र रोपाइँ पनि समयमै गर्न सकिने भएकोले उत्पादनमा पनि वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति: १५ असार २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्