कोरोना संक्रमितको संख्या एक करोड २१ लाख बढी


 



काठमाडौं, असार १६
विश्वभर कोरोना संक्रमितको संख्या विश्वमा एक करोड २१ हजार ४०१ पुगेको छ ।   विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म सबैभन्दा धेरै कोरोना संक्रमितको संख्या अमेरिकामा धेरै छ । दोस्रो नम्बरमा ब्राजिल छ । 

कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ५ लाख नजिक पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ४ लाख ९९ हजार ९१३ पुगेको छ । 

कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा अमेरिका नै छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

अमेरिकन देशमा सबैभन्दा धेरै प्रभाव देखिएको कोरोना भाइरसको संक्रमण तुलनात्मक रुपमा अफ्रिकन देशमा कम फैलिएको छ । संयुक्त राष्ट्रसंघले कोरोना नियन्त्रणमा अफ्रिकाबाट अमेरिका तथा युरोपले सिक्नु पर्ने बताएको छ । 

प्रकाशित मिति: १६ असार २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्