जंगलमा एकैसाथ दुई युवतीको शव फेला


 


धनगढी, असार २०
धनगढीमा जंगलमा दुई युवतीको शव एकैसाथ फेला परेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ७ बेली जंगलमा दुई युवतीको शव फेला परेको हो ।

सोही स्थानकी १९ वर्षीया गोमा बिक र २३ वर्षीया करिश्मा राउत रहेको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।

धनगढी उपमहानगरपालिका ७ बेली जंगलमा उनीहरुले बिष सेवन गरेर आत्महत्या गरेको प्रहरीले आशंका गरेको छ । उनीहरुको शव नजिकै सल्फास नामक विषादीसमेत फेला परेको जिल्ला प्रहरी कार्यालयका नावय उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।

मृतकहरुको शव पोष्टमार्टमका लागि अस्पताल लगिएको छ । उनीहरु समलिंगी रहेको स्थानीयले बताएका छन् । घटनाबारे थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २० असार २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्