भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड, भेटिए अहिलेसम्मकै धेरै संंक्रमित


 



काठमाडौं, असार २१
भारतमा कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गरेको छ। शनिबार २४ घण्टामा २२ हजार ७ सय ७१ जनाको मृत्यु भएको छ ।

शुक्रबार भने २० हजार ९ सय ३ संक्रमित थपिएका थिए। योसँगै भारतमा संक्रमितको संख्या ६ लाख ४८ हजार ३ सय १५ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप ४ सय ४२ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १८ हजार ६ सय ५५ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म भारतमा ३ लाख ९४ हजार २ सय २६ संक्रमित निको भएको जनाइएको छ।

प्रकाशित मिति: २१ असार २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्