कक्षा ११ को बोर्ड परीक्षा पनि नहुने


 



काठमाडौं, असार २१
यो वर्ष कक्षा ११ को बोर्ड परीक्षा पनि नहुने भएको छ । वैशाख २१ गते तय भएको परीक्षा कोरोना भाइरसको जोखिमका कारण राकिएको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले जनाएको छ । परीषदले कक्षा ११ को परीक्षा नलिने निर्णय गरेको हो ।

अब कक्षा ११ को परीक्षा सम्बद्ध विद्यालयले नै लिनेछन् । अब आन्तरिक मूल्यांकनबाट विद्यार्थीहरुलाई प्रमाणपत्र दिइनेछ । विद्यार्थीहरुको आन्तरिम मूल्यांकन कसरी गर्ने भनेर कार्यविधि बनाउने जिम्मा राष्ट्रिय परीक्षा बोर्डलाई दिइएको छ ।

कार्यविधि अनुसार सम्बन्धित कलेजलहरुले विद्यार्थीहरुलाई अंक प्रदान गर्नेछन् । परीक्षा सञ्चालनको मापदण्ड, विद्यार्थीको मूल्याङ्कन नम्बर दिने मापदण्ड तथा प्रमाणीकरणको आधारलगायतका विषयमा कार्यविधि स्पष्ट गरिने बताइएको छ ।

यसअघि कोरोना संक्रमणको जोखिमका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि नगर्ने निर्णय भएको थियो । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक तहको कक्षा १२ को परीक्षा भने गर्ने जनाएको छ ।

प्रकाशित मिति: २१ असार २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्