भारतीय र पाकिस्तानी सेनाबीच भीडन्त, दुई पाकिस्तानी सैनिक मारिए



pakistan-indiaकाठमाडौं, असोज १३ । भारत र पाकिस्तानी सेनाबीच भीडन्त हुँदा दुई पाकिस्तानी सैनिक मारिएका छन् ।

कश्मिरको उरीमा १८ जना भारतीय सैनिक मारिने गरी भएको आक्रमणपछि दुई देशबीच युद्धको अवस्था उत्पन्न भइरहेका बेला जम्मु–कश्मिरको लाइन अफ कन्ट्रोल (एलओसी) मा बिहीवार बिहान पाकिस्तान र भारतीय सैनिकबीच गोली हानाहान भएको पाकिस्तानी पत्रिका डनले जनाएको छ ।

समाचार अनुसार पाकिस्तानको इन्टर सर्भिसेस पब्लिक रिलेसन्सले भीडन्तमा दुई सैनिक मारिएको पुष्टि छ । एलओसीमा भारतीय र पाकिस्तानी सैनिकबीच बिहीवार बिहान अढाई बजेदेखि आठ बजेसम्म गोली हानाहान भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News