स्याङ्जामा एक चिकित्सकमा देखियो कोरोना संक्रमण


 



स्याङ्जा, साउन ६
स्याङ्जामा एक चिकित्सकमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । जिल्लाको गल्याङ नगरपालिकाको अस्पातलमा कार्यरत एक चिकित्सकमा कोरोनाभाइरस संक्रमण देखिएको हो।

पछिल्लो समय नेपालमा स्वास्थ्यकर्मीहरुमा पनि कोरोनाभाइरस संक्रमण देखिन थालेको छ । स्याङ्जाका यी चिकित्सकको स्वाब प्रदेश क्षयरोग केन्द्र पोखरामा परीक्षण गरिएको थियो । उनी कोरोनाभाइरस संक्रमितको उपचारमा नै खटिएका थिए । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

प्रकाशित मिति: ६ श्रावण २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्