सुनको मूल्य फेरि बढ्यो


 



काठमाडौं, साउन ६
नेपाली बजारमा आज सुनको मूल्य तोलामा थप चार सय रुपैयाँले बढ्दै प्रतितोला ९२ हजार सात सय रुपैपाँ पुगेको छ । सुन हिजो प्रतितोला ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँ बढ्दै प्रतितोला एक हजार ४० रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ६ श्रावण २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्