पाकिस्तानद्वारा १४ भारतीय सैनिक मारिए, एक प्रकाउ


 


pakisthanइस्लामावाद, असाेज १४

पाकिस्तानले आफ्नो भूमिमा छिरेका एक भारतीय सैनिकलाई पक्राउ गरेको छ । जम्मु-कश्मिरस्थित लाइन अफ कन्ट्रोलबाट छिरेर पाकिस्तानी भूमिमा छिरेका ती भारतीय सैनिकलाई पाकिस्तानी सेनाले बिहीवार पक्राउ गरेको हो । भारतीय पक्षले आफ्नो ३६ राइफलका एक जवान हतियारसहित एलओसीबाट पाकिस्तानी भूमिमा गएको अवस्थामा पक्राउ परेको जनाएको छ।

पाकिस्तानी पक्षले एकजना भारतीय सिपाही पक्राउ परेको जनाएको छ भने जम्मु-कश्मिरको तत्तापानी क्षेत्रमा अरु आठजना भारतीय सैनिक मारिएको पनि दाबी गरेको छ।

भारतीय पक्षले भने तत्तापानी क्षेत्रमा आफ्ना आठजना भारतीय सैनिक मारिएको कुरा सरासर झुठ भएको दाबी गरेको छ। तर इन्डियन आर्मीका डीजीएमओले भारतीय सेनाका एकजना जवान पाकिस्तानमा पुगेको भने पुष्टि गरेका छन् ।

‘जियो न्युज’ का हामिद मीरले आफ्नो शो ‘क्यापिटल टक’ मा एलओसीका दुई क्षेत्रमा १४ जना भारतीय सैनिक मारिएको दाबी गरेका छन् । शो मा उपस्थित रक्षा विशेषज्ञ पूर्व मेजर जनरल एजाज अवाजले मीरको दाबीलाई पुष्टि गरेका छन् ।

तत्तापानी भन्दा उत्तरको अर्को क्षेत्रमा भएको गोलबारीका क्रममा थप ६ जना भारतीय सैनिक मारिएको पाकिस्तानी पक्षको दाबी छ । तर, त्यहाँ मारिएका भारतीय सैनिकको शव लिन भारतीय पक्षले कुनै चासो नदिएको दाबी पाकिस्तानको छ ।

पाकिस्तानी सञ्चारमाध्यमले आफ्नाे भूमिमा पक्राउ परेका सैनिकको नाम चन्दु बाबुलाल चौहान रहेको जनाएको छ। उनलाई पाकिस्तानी सेनाले अज्ञात स्थानमा लगिरहेको जनाएको छ।

पाकिस्तानीपक्षले भारतीय सैनिकको शव लिनका लागि भारतीय सेनाको तर्फबाट कुनै पहल नभएको जनाएको छ। भारतीय सेनाले भने बुधवार राति पाकिस्तान नियन्त्रित कश्मिर (पीओके) मा पसेर चरमपन्थीका आठवटा क्याम्प ध्वस्त पारेको दाबी गरेको छ।

चार घन्टा चलेको भनिएको यो कारबाहीका क्रममा चरमपन्थीका ८ क्याम्प ध्वस्त पारिएको दाबी भारतीय पक्षको छ । यसक्रममा ३८ जना आतंकवादी मारेको भारतीयको दाबी छ ।

बुधबारै राति भएको क्रस बोर्डर फायरिङका क्रममा २ जना पाकिस्तानी सैनिक मारिएका थिए । आफ्नो भूमिमा भारतीय सैनिकले कारबाही गरेको कुरा गलत भएको पाकिस्तानले दाबी गर्दै आएको छ।

प्रकाशित मिति: १४ आश्विन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्